२० पुस २०८१, शनिबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  2 January, 2025 8:45 am


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जनानकारी अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !