२० पुस २०८१, शनिबार

‘सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ’

प्रकाशित मिति :  2 January, 2025 4:03 pm


काठमाडाैँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बताए । उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताए ।

उनले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताए । नेकपा एमाले र नेपाली काँग्रेसबिचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरूका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताए ।

सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताए । नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताए ।उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको बताए । 



प्रतिक्रिया दिनुहोस !