प्यूठानमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ
प्रकाशित मिति : 30 May, 2020 1:57 pm

प्यूठान, १७ जेठ ।
प्यूठानमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा क्वारेन्टाइन बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको थियो । पीसीआर परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्यूठानका अधिकारी विशाल सुवेदीले जानकारी गराएका छन् ।
मृतक महिला उनी लामो समयदेखि भारतमा ब्रेन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको थियो । महिलाको जेठ १३ गते राति निधन भएको थियो ।