साहित्य राजनीतिक र सामाजिक रूपान्तरणको संवाहक हो-पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरू पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले साहित्यले समाजमा रुपान्तरण र परिवर्तन ल्याउने बताएका हुन् ।
उनले साहित्य कलात्मक, सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभई विचारको संवाहक भएको बताए । उनले सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीहरुबाट सिर्जना गरिएका साहित्यले सामाजिक पसिरवर्तनकै अभियानलाई बल पुर्याउने बताए।
समाजमा भएका अराजकता, उच्छृङ्खलाजस्ता विकृति, विसंगतिहरुलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशिल कला साहित्य र संगीतको महत्वपूर्ण भुमिका हुने बताए ।
“साहित्य समाजको दर्पण हो । त्यति मात्रै होइन, राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण कुरा हो । साहित्य कलात्मक, सुन्दर आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संवाहक समेत हो”, उनले भने । पूर्वराष्ट्रपति भण्डारीले सर्जकहरुले आफ्नो सिर्जनामार्फत् देश र जनताको सेवामा थप टेवा पुग्ने बताए ।