राज्यका हरेक निकायमा थारु समुदायकाे १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छाैं-मुख्यमन्त्री
दाङ । दाङमा माघ सांस्कृतिक महाेत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महाेत्सवकाे उद्घाटन गरेका छन ।
सभालाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायकाे प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएकाे बताए ।
प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायकाे जनसंख्या छ, त्यसलाई सम्बाेधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएकाे र निजामती सेवामा प्रवेश गर्न आह्वान गरे ।
, ´
´प्रदेश निजामती सेवा ऐनले थारु समुदायकाे प्रतिनिधित्वलाई सुनिश्चित गरेकाे छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजान्छाैं´´
उनले भने
थारु समुदायकाे प्रतिनिधित्वलाइ राज्यले सम्बाेधन गरेकाे छ । युवा पुस्ता अब आफ्नाे समुदायकाे विकास र समृद्धिकालागी अघि बढ्न जरुरी छ ।´´
´´
मुख्यमन्त्री आचार्यले प्रदेशमा बाेलिने थारु लगायत चलनचल्तीकाे भाषालाई सरकारी कामकाजकाे भाषा बनाउनेगरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । थारु समुदायकाे कला, संस्कृतिकाे प्रबर्द्धन गर्न थारु संग्रहालय निर्माणमा प्रदेश सरकारले सहयाेग गरेकाे जानकारी दिए ।
थारु कल्याणकारीणी सभा दाङले थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले माघ सांस्कृतिक महोत्सव माघ सांस्कृतिक महोत्सव आयाेजना गरेकाे हाे । पुसको २० गतेसम्म महाेत्सव चल्ने छ ।
महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएकाे छ ।
आर्थिक जागरण र सांस्कृतिक रुपान्तरण हाम्राे अभियान, सामाजिक न्याय सहित समृद्धिमा हाम्रो याेगदान भन्ने मुख्य नारा सहित माघ महाेत्सव आयाेजना गरिएको छ ।