२२ पुस २०८१, सोमबार

रास्वपाको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

प्रकाशित मिति :  4 January, 2025 8:32 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आजदेखि सुरू हुन थालेकाे छ । पछिल्लाे समसामयिक राजनीतिक घटनाक्रमका विषयमा बैठकमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठककाे पहिलाे दिन शनिबार (आज) सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका गतिविधि र आगामी रणनीतिलगायत विषयमा छलफल हुने छ । साथै पहिलाे दिन स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गरिने छ ।

त्यस्तै दाेस्राे दिन भाेलि आइतबार संविधान परिमार्जनका विषयमा छलफल गर्ने कार्यवली तय गरिएकाे प्रवक्ता झाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !