२२ पुस २०८१, सोमबार

काठमाडौंको सिफलमा पुस २७ गते निःशुल्क दन्त शिविर आयोजना हुने

प्रकाशित मिति :  4 January, 2025 11:30 am


काठमाडाैँ । वी.पी. कोइराला पार्क संरक्षण समिति र ओम चाबहिल डेन्टल हस्पिटलको संयुक्त पहलमा निःशुल्क दन्त शिविर आयोजना गरिने भएको छ। ‘स्वस्थ दाँत, स्वस्थ जीवन’ नाराका साथ आयोजना गरिने यो शिविर पुस २७ गते काठमाडौंको सिफलमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।

ओम चाबहिल डेन्टलका सञ्चालक कृष्ण घिमिरेका अनुसार शिविरले दन्त स्वास्थ्यप्रति नागरिकमा सचेतना बढाउन सहयोग गर्नेछ। शिविरमा दाँतको निःशुल्क परीक्षण, सफाई, समस्या पहिचान, र विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ। दन्त समस्या भएका, नियमित जाँच गर्न नपाएका, र आर्थिक कठिनाइका कारण उपचार गराउन नसकिरहेका व्यक्तिहरूका लागि यो शिविर उपयोगी हुने विश्वास लिइएको छ।

चाबहिल र कोटेश्वर शाखाका दन्त विशेषज्ञहरूको सहभागितामा सञ्चालन हुने यो शिविरमा सबै नागरिकलाई सहभागी हुन आग्रह गरिएको छ। आयोजकले यो अवसरलाई गुमाउन नहुने बताउँदै दन्त स्वास्थ्यप्रति गम्भीर बन्न सुझाव दिएको छ।

चाबहिल डेन्टल हस्पिटलले यस किसिमका कार्यक्रममार्फत जनस्वास्थ्यमा योगदान पुर्‍याउन निरन्तर सक्रिय रहेको र आगामी दिनमा पनि यस्ता सेवाहरू प्रदान गरिरहने जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !