२२ पुस २०८१, सोमबार

शिक्षक संगठन दाङको क्षेत्रनम्वर २ को अधिवेशन सम्पन्न

प्रकाशित मिति :  5 January, 2025 8:46 am


दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङअन्तर्गत् संघीय निर्वाचन समन्वय समिति क्षेत्रनम्वर २ को प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लालमणि खड्काको अध्यक्षतामा २७ सदस्यीय नयाँ समिति गठन गरेको छ।

समितिमा उपाध्यक्षमा पूर्णा चौधरी र हेमलाल आचार्य, सचिव गिरिराज भण्डारी, कोषाध्यक्ष अतिराम वली, सहसचिव हरिकला पुन, सहकोषाध्यक्ष स्मृति पुन रहेका छन् । त्यस्तै सचिवालय सदस्यमा श्रीधर पन्त र सदस्यहरुमा निरन्जन आसी, भूपलाल पुन, बुद्धिप्रकाश बुढाथोकी, विकास चौधरी, वीरबहादुर चौधरी, टोपबहादुर वली, धनी वली, लालकुमारी वली, रत्ना विक, कृष्णबहादुर चौधरी, लिलाधर ओली, सूर्यबहादुर ठेडीमगर, दुर्गा बस्नेत र बासुदेव केसी चयन भएका छन्।

संयोजक लालमणि खड्काको अध्यक्षता एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय पार्षद अम्बिका बिष्ट रावतको प्रमुख आतिथ्यता र नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्रनम्वर २ का संयोजक सुदन केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्मा पण्डित, पेशागत महासंघ लुम्बिनीका उपाध्यक्ष श्रीमण न्यौपाने, संगठनका सल्लाहकार श्यामा रावत र विजय अधिकारी, संघीय निर्वाचन समन्वय समिति क्षेत्रनम्वर ३ का अध्यक्ष निर्मल वली र बङ्लाचुलीका पूर्व अध्यक्ष हेमलाल आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

दुर्गाबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संगठनका घोराहीका अध्यक्ष पोषणराज बिष्टले गरेका थिए।



प्रतिक्रिया दिनुहोस !