४ आश्विन २०८१, शुक्रबार

थवाङ -१ मा तीनजनाकाे उमेद्वारी

प्रकाशित मिति :  13 November, 2019 6:10 am


रोल्पा। राेल्पाकाे थवाङ गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षका लागि तीनले उमेद्वारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कलम बहादुर रोका र स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उमेद्वारी दर्ता गराएका हुन् ।

स्वतन्त्रबाट वडा सदस्यमा निर्वाचित झाँक्री कार्यवाहक अध्यक्ष थिए । उनी वडा सदस्यबाट राजीनामा दिइ वडा अध्यक्षको उम्मेदवार बनेका हुन्। झाँक्री विप्लव निकट छन् ।

सर्वसम्मत उमेद्वारीका लागि बुधवार बिहानसम्म दलहरुबीच छलफल भएपनि गरे पनि सहमति नजुटेपछि तीन जनाको उम्मेदवारी भएकाे हाे । यद्यपि सहमतिको प्रयास अझै जारी रहेको नेताहरूले बताएका छन् ।थवाङको वडा नम्बर १ ठूलोगाउँ विप्लव नेकपाको बर्चश्व भएको गाउँ हो ।



प्रतिक्रिया दिनुहोस !