एमाले केन्द्रिय कमिटिको बैठकः अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत, पोलिटब्युरो र सचिवालयले गरेका निर्णयहरू अनुमोदन
काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
आइतवारदेखि पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरू भएको बैठकको पहिलो दिन प्रधानमन्त्री एवं पाटी अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेकाे पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले अध्यक्ष ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा मुलुकको समसामयिक राजनीतिक विषय, सरकारले गरेका कामहरू र अगामि दिनहरूमा गर्नुपर्ने कामहरू समावेश गरिएको बताए ।
उनकाअनुसार बैठकले विगत दश महिनाको अवधिमा पार्टीको पोलिटब्युरो र केन्द्रिय सचिवालयले गरेका निर्णयहरू समेत अनुमोदन गरेको छ । केन्द्रीय कमिटिमा मोनयन भएका, केन्द्रीय कमिटिबाट विदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरुको अनुमोदन गरिएको उनले जानकरी दिए । अहिले अध्यक्ष ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम जारी रहेकाे उनले बताए ।