माओवादीले फागुन १ गतेदेखि एक महिना तराई/मधेस जागरण अभियान चलाउने
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई\मधेस जागरण अभियान चलाउने भएको छ ।
आइ्तवार बसेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई÷मधेस जागरण अभियान चलाउने जानकारी गराएका हुन् । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व-पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेकाे जानकारी दिए ।
साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राखेकाे बताए । केन्द्रिय कमिटी बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रश्ताव आएको पनि बताए ।
बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहर चलेको दाबी गरेका थिए । खबरदारी सभा देशव्यापी रुपमा प्रभावकारी रूपमा चलेको जानकारी प्रदेश अध्यक्षहरुले बैठकमा दिएका छन् ।