२३ पुस २०८१, मंगलबार

कृषि सहकारीलाई व्यवस्थित रूपमा अघि बढाउन उद्देश्य अनुसार सञ्चालनमा जाेड दिनुपर्छ: मन्त्री अधिकारी

प्रकाशित मिति :  6 January, 2025 11:37 am


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी नियन्त्रण मन्त्री बलराम अधिकारीले कृषि सहकारीलाई व्यवस्थित रूपमा अघि बढाउन थप काम गर्नुपर्ने बताएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं वार्षिक साधारणसभामाज बोल्दै उनले कृषि सहकारीहरूको उद्देश्य र सञ्चालनमा सुधार गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।

मन्त्री अधिकारीले भने, “सहकारीको उद्देश्य अनुसार सञ्चालन भइरहेको छ कि छैन भन्ने कुरा हेर्नु पर्छ। सहकारी एउटै खालका छैनन्, विभिन्न उद्देश्यमार्फत सञ्चालन हुने सहकारीहरू छन्। यसलाई कसरी व्यवस्थित र राम्रो बनाउने भन्ने सोच्न आवश्यक छ।”

उनले सहकारीलाई बैंकिङ कारोबारको रूपमा नहेर्न अपिल गर्दै, सहकारीको उद्देश्य र लक्षप्रति थप स्पष्टता र एकजुटता देखाउनुपर्ने बताए। ‘हामीले सहकारीलाई राष्ट्रको निम्ति सही दिशा र उद्देश्यमा अघि बढाउनुपर्ने हो,’ उनले थपे।

मन्त्री अधिकारीले सहकारीको कामकाजमा विभिन्न खालका टिप्पणीहरू भएका कारण भ्रम नफैलाउन पनि आग्रह गरे। सहकारीको बेथिति सुधारका लागि स्वनियमनको आधारमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आगामी दिनमा सहकारीको सुधारका लागि सरकारको सहयोगको कुरा गर्दै, उनले भने, “सहकारीका खटिएका समस्याहरू समाधान गर्न हामीलाई सबैले एकजुट भएर काम गर्न आवश्यक छ।”

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा सुधारका लागि ऐन संशोधन भएको जानकारी दिँदै, केही कुरामा नमिलेकाले आगामी दिनमा सहकारी क्षेत्रको समग्र सुधारका लागि आवश्यक कदम चाल्ने आश्वासन पनि दिएका छन्।



प्रतिक्रिया दिनुहोस !