२३ पुस २०८१, मंगलबार

केन्द्रिय समिति बैठकमा माओवादी नेताहरूको प्रस्तावः नेता, कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ

प्रकाशित मिति :  6 January, 2025 5:35 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीका नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव गरेका छन् ।

सोमवारको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्यहरुले अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव राखेका हुन् । पार्टी अध्यक्ष पनि महिनामा कम्तिमा तीन पटक श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उनले दण्डहिनताको अन्त्य गर्नुपर्ने, काँठ अभियान चलाउनुपर्ने र विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनेबारेमा नेताहरूले आवाज उठाएको बताए। पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक रहेको नेताहरुले बताएको पनि जानकारी दिए । बैठकमा नेताहरुले स्थानीय तहलाई अधिकार दिनुपर्ने कुरामा आवाज उठाउन जोड दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !