२३ पुस २०८१, मंगलबार

एमाले केन्द्रिय कमिटी बैठकः कुनैपनि गुटबन्दीहरू पार्टीले सहन नहुनेमा जोड

प्रकाशित मिति :  6 January, 2025 5:46 pm


काठमाडाैँ । नेकपा (एमाले) को पार्टी केन्द्रिय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अहिलेसम्म ५६ जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेको बताए। बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अधिकांश केन्द्रिय सदस्यहरुले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहेको बताएका हुन् ।

उनकाअनुसार पार्टीभित्रका कुनैपनि गुटबन्दीहरू पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधिहरू भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रिय सदस्यहरूले जोड दिएको बताए । उनले पार्टीलाई सवलिकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयनका लागि केही समस्याहरू देखिएकाे उल्लेख गर्दै यसका यसका लागि सबैले मिलेर अगाडि बढ्नुपर्नेमा नेताहरूकाे जोड रहेको बताए ।

बैठकमा अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी सुुदृढिकरणका लागि संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राखेकाे उनकाे भनाइ छ । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !