प्रधानमन्त्रीद्वारा भूकम्पीय जोखिम न्यूनीकरणका लागि निर्देशन जारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जारी भूकम्पीय गतिविधिलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।
केही दिनयता नेपालमा लगातार साना–ठूला भूकम्पका धक्का महसुस भइरहेकाले प्रधानमन्त्रीले सबैलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अपिल गरेका हुन्।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् जनताको सुरक्षा सुनिश्चित गर्न सचेतना जारी गरेका छन् । उनीले लेख्छन्, ‘हिजोआज विभिन्न भागमा साना–ठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला । सुरक्षित रहनु होला।’
मंगलबार बिहान ६:५१ बजे काठमाडौँलगायत नेपालका विभिन्न भागमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो। यो भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सिमानामा रहेको तिब्बतको दिंगे कान्टी क्षेत्रमा रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ।
भूकम्पको प्रभाव काठमाडौं उपत्यकासहित दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका क्षेत्रमा ठूलो मात्रामा महसुस गरिएको थियो। कोशी र मधेस प्रदेशका विभिन्न भागहरूमा पनि भूकम्पका धक्का महसुस गरिएको छ। यसका साथै, चीनको तिब्बत र भारतको सिक्किम क्षेत्रमा समेत भूकम्पका प्रभावहरू अनुभव गरिएको छ।
खानी तथा भूगर्भ विभागका प्रारम्भिक जानकारीअनुसार, भूकम्पको तीव्रता ७ म्याग्निच्युडभन्दा बढी रहेको अनुमान गरिएको छ। थप विवरणहरूको लागि विभागले विस्तृत अध्ययन जारी राखेको छ।
सतर्क रहँदै, भूकम्पप्रतिको सावधानी अपनाउन र जोखिम न्यून गर्न सरकार र स्थानीय प्रशासनले जनतालाई आवश्यक निर्देशनहरू दिएको छ।