२४ पुस २०८१, बुधबार

रोल्पामा राष्ट्रपति रनिङ शिल्डका लागि विद्यार्थी लिएर गएका शिक्षकको निधन,प्रतियोगिता एकदिन स्थगित

प्रकाशित मिति :  7 January, 2025 11:23 am


रोल्पा । रोल्पामा राष्ट्रपति रनिङ शिल्डमा भाग लिन विद्यालयका विद्यार्थीहरूलाई लिएर गएका एक शिक्षकको निधन भएको छ ।

सुनिलस्मृति गाउँपालिका–६, गजुल दलंगाका ३३ वर्षीय शिक्षक तारानाथ थापाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगिताका लागि आफ्ना विद्यालयका विद्यार्थीहरूलाई केही शिक्षकहरूसँगै लिएर सुलिचौरमा कोठा लिएर बसेका थापाको आज बिहान निधन भएको हो ।

इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अरुण तामाङका अनुसार थापा कोठामा मृत भेटिएका थिए । घटना शङ्कास्पद नभए पनि मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको छ ।

शिक्षक थापा सुनिल स्मृति गाउँपालिकाको गाउँपालिकास्तरीय अन्तराविद्यालय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगित २०८१ मा भाग लिन वडा नं. ६ स्थित श्री जनज्योति माध्यामिक विद्यालय गजुलका विद्यार्थीलाई लिएर सुलिचौरमा थिए ।

थापाको निधनपछि प्रयोगिता १ दिनका लागि स्थगित भएको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !