एमालेको निस्कर्षः काँग्रेस–एमालेको सहकार्यको सरकारले राजनीतिक स्थायित्वको आशा जागृत गर्यो
काठमाडाैँ । नेकपा (एमाले) को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ । आईतवारदेखि सुरू भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उाले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिए । उनले बैठकले काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निस्कर्ष निकालेको समेत बताए। बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्र्दभमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताए ।
उनकाअनुसार सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेको छ । उनले विगत तीन दशकमा सशस्त्र द्वन्द्व, कोरोना महामारी र नाकाबन्दीका बाबजुद मुलुकले प्राप्त गरेका उपलब्धीहरु महत्वपूर्ण भएपनि समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ भएर अघि बढ्ने संकल्प बैठकले लिएको बताए ।
उनले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आत्मविश्वासका साथ बढ्ने र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागि हुन सबैलाई आह्वान गरिएको समेत बताए । बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा रोखेका थिए । राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो ।