६१ वर्ष कैद सजाय भएका फरार व्यक्ति पक्राउ, कारागार चलान
प्रकाशित मिति : 10 January, 2025 1:27 pm
काठमाडाैँ । कपिलवस्तुमा पाँच वटा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लाको कृष्णनगर नगरपालिका पडा नम्बर १ गुर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्तामोहन मणि अधिकारीका अनुसार कहारविरूद्ध तीन वटा खुन डाँका, एउटा डाँका र एउटा चोरीको मुद्दा थियो।
पाँच मुद्दामा उनलाई कुल ६१ वर्षसम्मको कैद सजाय भएको थियो। ३ लाख ५२ हजार ७७८ रुपैयाँको जरिवाना पनि तोकिएको थियो।