२७ पुस २०८१, शनिबार

फोनिज रोल्पाको अध्यक्षमा सुनसरी बुढामगर

प्रकाशित मिति :  11 January, 2025 5:47 pm


रोल्पा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाको चौथो अधिवेशनबाट सुनसरी बुढामगरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा विरेन्द्र घर्तीमगर, सचिवमा तिलक घर्तीमगर, सहसचिवमा छायाँ पुनमगर र कोषाध्यक्षमा के.बी. गुरुङ चयन भएका छन्। जसकाे सदस्यमा बन्दना घर्तीमगर, सूर्यप्रकाश घर्तीमगर, दिपक बुढामगर, कुशल पुनमगर, गंगा घर्तीमगर र रीतिका रोकामगर निर्वाचित भएका छन्।

नयाँ नेतृत्वलाई विभिन्न क्षेत्रबाट शुभकामना व्यक्त गरिएको छ। फोनिज रोल्पाको यो अधिवेशनले स्थानीय पत्रकारिता क्षेत्रको विकास र आदिवासी जनजातिको हकहित प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

फोनिजले आदिवासी जनजातिका आवाजलाई समेट्दै पत्रकारिताको माध्यमबाट समाजमा सशक्तिकरणका लागि उल्लेखनीय भूमिका खेल्दै आएको छ।

सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिले फोनिज रोल्पाको सक्षमता र प्रभावकारितालाई थप मजबुत बनाउँदै जिल्लामा पत्रकारिता क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !