२८ पुस २०८१, आइतबार

संसदीय प्रणालीभित्र दलहरूको भुमिका प्रमुख हुन्छः सभामुख घिमिरे

प्रकाशित मिति :  12 January, 2025 1:27 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताएका छन् ।

आईतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भुमिक प्रमुख हुने बताएका हुन् । उनले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए । उनले दलको भुमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने जिकिर गरे।

उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतालई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए। जनताका अभिमतहरू उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए । सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आफ्नो-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !