२८ पुस २०८१, आइतबार

संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः पूर्वसभामुख सापकोटा

प्रकाशित मिति :  12 January, 2025 1:32 pm


काठमाडाैँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् ।

आईतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसद अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरेका हुन् ।उनले आफू सभामुख हुँदा र अरू बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भएपनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गरे ।

उनले संसद अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताए । उनले संसद कुनैपनि देशको महत्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे । उनले संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसदलाई बन्द गर्न नहुने बताए ।

उपाध्यक्ष सापकोटाले आर्थिक, विकास र समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको चमत्कारिक विकास आवश्यक भएको बताए ।



प्रतिक्रिया दिनुहोस !