२८ पुस २०८१, आइतबार

बर्दियामा बाघको आक्रमणबाट ५० वर्षिया महिलाको मृत्यु

प्रकाशित मिति :  12 January, 2025 5:43 pm


बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकको बकुवा सामुदायिक वनमा बाघको आक्रमणमा परेर ५० वर्षिया पदमकला थापाको मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका–७ की थापा ठाकुरबाबा नगरपालिका–६ स्थित सामुदायिक वनमा गोठालो गएका बेला बाघले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र वरपर यस्ता घटनाहरू बारम्बार हुने गरेकाे भन्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामले संरक्षण क्षेत्रमा बसोबास गर्ने स्थानीयले जंगली जनावरसँगको सहअस्तित्वको चुनौती भोगिरहेकाे बताए ।

यस घटनाले वन क्षेत्र नजिक बसोबास गर्ने स्थानीय समुदायको सुरक्षाका साथै निकुञ्जको व्यवस्थापन प्रणालीलाई सुदृढ गर्न थप चासोका लागि सम्बद्ध निकायलाई सचेत गराएको छ।



प्रतिक्रिया दिनुहोस !