सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः पाण्डे
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन् ।
आइतवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरू अगाडि नबढाए बिरोध गर्ने बताएका हुन्। उनले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताए । उनले संसदको हिउँदे अधिवेशन छिटो संचालन गर्न माग समेत गरे ।
उनले काँग्रेस–एमाले समिकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाए । उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरु ल्याएर संसदमा राख्ने पनि बताए । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उनले स्पष्ट पारे । नेकपा -माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको उनको भनाइ छ ।