३ आश्विन २०८१, बिहिबार

कृर्षिमा बजेट कम भयो : पूर्व अर्थमन्त्री पाण्डे

प्रकाशित मिति :  31 May, 2020 12:15 pm


 

 

काठमाण्डौं, १८ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद् एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कृषिमा बजेट कम भएको बताएका छन् ।

आर्थिक बर्ष २०७७७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथीको छलफलमा भाग लिँदै सांसद पाण्डेले कृषिमा अलि बजेट कम भयो कि भन्ने आफूलाई पनि लागेको बताएका हुन् ।

कृषि क्रान्तिका कुरा गरेपनि कृषिका लागि बजेट कम भएको भन्ने गुनासो आइरहेका बेला सांसद एवं पूर्व अर्थमन्त्री पाण्डेले यसमा सहमति जनाएका हुन् । उनले कृषि मन्त्रालयले किसानको समर्थन मूल्य दिने कुरा गरेपनि बजेट कम भएपछि कसरी खरिद गर्छ भन्दै प्रश्न गरे ।

उनले आवश्यक पैसा छुट्टाईएन भने मुल्य तोकिएपनि सरकारले खरिद नगर्दा चुनौति आउन सक्ने सांसद पाण्डेको भनाई छ । उनले भने,‘सरकारले किसानलाई समर्थन मुल्य दिने कुरा गरेको छ तर खरिद कसरी गर्छ ? खरिद गर्नका लागि आवश्यक पैसा यछि छुटा्ईनन भने । मूल्य त तोकिदिन्छौं  तर खरिद भएन भने सरकारले गरिदिएन भने चुनौति आउन सक्छ । ’

सांसद पाण्डेले यसका लागि अनेत्र खर्च नहुँने बजेट तानेर बएपछि किसानका लागि सुनिश्चित गर्नुपर्नेमा जोड दिए । अहिले नै कृषि उत्पादन बाहिरबाट आयात भईरहेको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिए ।

यसअघि अर्थमन्त्री युवराज खतिवडाले कृर्षि क्षेत्रको बजेट बढेको र प्रयाप्त भएको बताएका थिए । अलोचना भएपछि अर्थमन्त्री खतिवडाले कृर्षि क्षेत्रको विकासको प्रतिनिधित्व कृषि मन्त्रालयले मात्रै नगर्ने जवाफ दिएका थिए ।

 सम्बन्धित समाचार

कृषिमा बजेट बढेको छ, कृषि मन्त्रालयले मात्रै यस क्षेत्रको लगानी प्रतिनिधित्व गर्दैन: अर्थ मन्त्री खतिवडा



प्रतिक्रिया दिनुहोस !