१ माघ २०८१, मंगलबार

मकर संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज आयोजना

प्रकाशित मिति :  14 January, 2025 4:14 pm


काठमाडाैँ । मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका खिचडी भोजको आयोजना गरिएको छ ।

संस्कृति जोगाउने उद्देश्यका साथ जनकप्रधामका स्थानीय युवाहरुले जनकपुरधामको जानकी चोकमा खिचडी भोजको आयोजना गरेका हुन् ।

अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । यसवर्ष मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले खिचडी भोजको आयोजना हामीले गर्दै आएको युवा अभियन्ताहरु बताउँछन् । यसले भाईचारा र संस्कृतिलाई जोगाउने युवाहरूको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !