दाङको बाह्रकुने दहमा स्वास्थ्य शिविर
दाङ । माघेसङ्क्रान्तिको अवसरमा दाङको पर्यटकीय स्थल बाह्रकुने दहमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । जिल्लामा क्रियाशील त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, रोटरी क्लव अफ दाङ, लायन्स क्लव अफ घोराही सिटीको संयुक्त आयोजना तथा घोराही उप–महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा ३०० बढी सेवाग्राहीहरुले निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श प्राप्त गरेको त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतले जानकारी दिए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै सामाजिक कार्यअन्तर्गत गरिएको अध्यक्ष रावतले जानकारी दिए ।
शिविरमा दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकाल, रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदीलगायतको सहभागिता रहेको थियो । शिविरमा घोराही उउपमहानगरपालिका वडानम्वर १३ स्थित स्वास्थ्य केन्द्रका प्रतिनिधिहरु, गोरखा अस्पतालका डा. शुभम देउजा, बरिष्ठ नर्स लक्ष्मी ढकालले विरामीहलाई स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए।
शिविरका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु एन.एम.एस.आर.ए. दाङले सहयोग गरेको थियो । शिविरको संयोजक त्रिभुवननगर जेसीजका स्वास्थ्य संयोजक जेसी प्रकाश आचार्य रहेका थिए।