४ आश्विन २०८१, शुक्रबार

घाेराही -१६ मा ७ जनाकाे उमेद्वारी,नेकपाका बागी

प्रकाशित मिति :  13 November, 2019 6:19 am


दाङ । घाेराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज उमेद्वारी दर्ता भएको छ । अध्यक्ष पदका लागि ७ जनाले उमेद्वारी दर्ता गराएका हुन् ।

राजनितिक दलका ५ र २ स्वतन्त्र गरी ७ जनाले उमेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसी, नेपाली कांग्रेसका ताराबहादुर डिसी, सामाजबादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी र मंगोलनेशनलका तर्फबाट पहलमान आलेमगरले उमेद्वारी दर्ता गराएका छन ।

त्यस्तै स्वतन्त्रका तर्फबाट जगलाल चौधरी र समिर वलीले उमेद्वारी दर्ता दिएकाे निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवारी दिने चौधरी नेकपाकै असन्तुष्ट सदस्य हुनुहुन्छ । 



प्रतिक्रिया दिनुहोस !