२ माघ २०८१, बुधबार

भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जाेड दिऔँः उपप्रमुख डंगोल

प्रकाशित मिति :  15 January, 2025 11:24 am


काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।

बुधवार काठमाडौँमा महानगरपालिकाले आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण गरिरहेका संरचनाहरु भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्यांकन गर्ने समय भएको बताएकी हुन् ।

उनले भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै विशेष ध्यान दिन जरुरी रहेको बताइन् । आफूले गरेका कामहरुको मूल्यांकन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड छ । 

उनले भनिन्, “हामीले बनाइरहेको संरचनाहरु भूकम्प प्रतिरोधात्मक छन् की छैनन् ? हामीले पूर्वतयारीमा कति ध्यान पु¥याइरहेका छौँ र पूर्वतयारीमा हामीले अघि पनि महत्वपूर्ण कुरा गरिसक्नुभएको छ । कम्युनिटी सबैभन्दा पहिला रेस्पोण्डर हुनुपर्छ । हामीले गरिरहेका कामहरुको मूल्यांकन गर्ने समय पनि हो यो ।”

विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।



प्रतिक्रिया दिनुहोस !