आजै थप १६६ संक्रमण पुष्टी, ४ महिने बालिकामा पनि काेराेना संक्रमण
प्रकाशित मिति : 31 May, 2020 4:26 pm
काठमाडाैं, १८ वैशाख ।
आइतबार मात्र १६६ काेराेना संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काेराेना संक्रमितकाे संख्या १ हजार ५ सय ६७ पुगेकाे छ । जसमध्ये १ सय १७ महिला छन् ।
कर्णालीमा मात्र थप ३७ संक्रमित भएका छन् । एक जना ४ महिने बालिका पनि संक्रमित भएकी छिन् । यसअघि नभेटिएकाे तनहुँमा पनि संक्रमित फेला परेका छन् । कालीकाेट र सल्यान पनि पुष्टी भएकाे छ भने सुदुरपश्चिमकाे बाजुरा पनि संक्रमण भएकाे जिल्लामा थपिएकाे छ।
आज एक जना भरतपुरबाट एक महिला डिस्चार्ज भएकी छिन् । हालसम्म २२० डिस्चार्ज भएका छन् ।
सम्बन्धित समाचार
आजै थप १६६ संक्रमण पुष्टी, ४ महिने बालिकामा पनि काेराेना संक्रमण
सनिबारसम्मकाे अपडेट