२ माघ २०८१, बुधबार

मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो

प्रकाशित मिति :  15 January, 2025 12:00 pm


काठमाडाैँ । मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।

२०५५ सालदेखि वि.सं. १९९० सालका महाभूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । भूकम्प सुरक्षा दिवसको अवसरमा बुधवार बिहान जनकपुर धाममा भूकम्प स्मृति तथा भूकम्पीय पूर्वतयारी सचेतना प्रभातफेरी गरिएको हो ।

भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका कानून तथा गृह, सञ्चर तथा कानूनमन्त्री राजकुमार लेखीले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । कुनैपनि क्षेत्रमा गरेको लगानीको परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नारासहित मधेस प्रदेशमा भूकम्प सुरक्षा दिवस मनाइएको छ । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !