२ माघ २०८१, बुधबार

भूमि सम्बन्धी अध्यादेश आज आउँछः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  15 January, 2025 1:10 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् । बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरू समाधान गर्ने उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरूले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए । उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने ? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताए ।

उनले अध्यादेशहरू ल्याएसँगै काँग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएको बताए । उहाँले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि बिरोध मात्रै गरिरहेको बताए । विकास, सुशासनका कामहरु नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो । 

प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको बताए ।



प्रतिक्रिया दिनुहोस !