६.८ म्याग्निच्युडको सिजाङ भूकम्पपछि ३ हजार ६ सय बढी पराकम्प
प्रकाशित मिति : 15 January, 2025 1:20 pm
काठमाडाैँ । चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार गत हप्ता दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् ।
धेरैजसो परकम्पहरू ३.० म्याग्निच्युडभन्दा कम थिए । ४.९ म्याग्निच्युडको एउटा र ५.० म्याग्निच्युडको अर्को दुई शक्तिशाली परकम्पहरू सोमवार राति आएका थिए । जसले काउन्टीमा केही घरहरू भत्काएको बताइएको छ ।
जनवरी ७ मा विश्वको सर्वोच्च शिखर माउण्ट कोमोलाङ्माको उत्तरी आधार शिविरको घर डिङ्ग्रीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा १२६ जनाको मृत्यु भएको थियो ।