संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षणबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने
काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले संघीय संसदले बनाएका कानूनहरूको कार्यान्वयनका चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
बुधवार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । यसअघि समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरु र कानून कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।
उक्त उपसमितिले सुदूरपश्चिमको प्रदेशको धनगढी, मधेस प्रदेशको राजधानी जनकपुरधाम र लम्बिनी प्रदेशको राजधानी देउखुरिमा संघीय संसदले बनाएका कानून कार्यान्वयनका चुनौतीबारे अधययन गरेर प्रतिवेदन बुझाएको छ । समिति सभापति विमला सुवेदीले कानूनको उत्तरविधायिकी परीक्षण(पिएसएल)सँग सम्बन्धित रहेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताए ।
उनले समिति सदस्यहरुसँग समन्वय गरेर कार्यक्रम हुने स्थान, मिति र समय तय गरिने बताए ।