२ माघ २०८१, बुधबार

माधव नेपालले भनेः सत्ताको दुरुपयोग भइरहेको छ

प्रकाशित मिति :  15 January, 2025 5:01 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ताको बारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसदलाई उपेक्षा गरेको बताएका हुन्।

उनले संसदको बैठकलाई छलेर र विधेयकहरु समितिमा विचाराधिन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने बताए । अध्यादेश ल्याउनका लागि समितिमा विचाराधिन विधेयक पहिला फिर्ता गर्नुपर्ने बताए । अध्यादेश ल्याउँदा पनि सबैसँग छलफल भए विवाद कम हुने बताए । अध्यक्ष नेपालले सरकारले राम्रा काम गरोस् भन्ने आफूहरुको शुभेक्षा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !