१६ माघ २०८१, बुधबार

ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन

प्रकाशित मिति :  16 January, 2025 1:55 pm


काठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका छन् ।

बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद्  जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको बताएका हुन् ।

उनले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताए । ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको उनले बताए । स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाएँ रहेको बताए । उनले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताए ।

उनले महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !