६ माघ २०८१, आइतबार

शहीदहरूको स्मरणमा मधेस भवन परिसरमा वृक्षारोपण

प्रकाशित मिति :  19 January, 2025 10:51 am


काठमाडाैँ । मधेस प्रदेश सरकारले शहीदहरूरुको स्मरणमा वृक्षारोपण गरेको छ ।

आइतवार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो । माघ ५ गते बलिदानी दिवस मनाइएको थियो ।

सोही स्मरणमा आज बिहान जनकपुरको मधेस भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताए । उनले शहीदहरूप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताए ।

“बलिदानी दिवसको अवसरमा हामी केही दिन यता विभिन्न कार्यक्रम गर्दै आएका छौँ । आज बिहान मधेस भवन परिसरमा शहीदहरुप्रति सम्मान व्यक्त गर्दै, शहीदहरुको चीर शान्तिको कामना गर्दै मधेस भवन परिसरलाई स्वच्छ,हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरेका छौँ । आज २५ बिरुवा रोपेका छौँ । शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउन व्यापकता र प्रभावकारी बनाउनुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्ने हो भने समाज रुपान्तरण सम्भव छ,” उनले भने ।

उनले शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !