आईएमएस कलेजमा रक्तदान र निःशुल्क डेन्टल चेकअप कार्यक्रम सम्पन्न
काठमाडौँ । काठमाडौँको आईएमएस कलेजमा गत बिहीबार रक्तदान र निःशुल्क डेन्टल चेकअप कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा लियो क्लब अफ केटिएम ड्रिम्सले साथ दिएको थियो। डेन्टल चेकअप कार्यक्रम समाज डेन्टलसँगको सहकार्यमा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा ४५ जना विद्यार्थीले रक्तदान गरे भने ११५ जनाले दन्त परीक्षण मार्फत सेवा प्राप्त गरेका थिए । सहभागीहरूले रक्तदानलाई जीवनदानसँग तुलना गर्दै यस्तो सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे।
नेपाल रेडक्रस सोसाइटीले बागमती प्रदेशका १३ वटा अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ। काठमाडौँ महानगरपालिका र आसपासका क्षेत्र, जस्तै टोखा, चन्द्रागिरी र नागर्जुन नगरपालिकासँगको समन्वयमा निःशुल्क रगत सेवा प्रदान गरिरहेको नेपाल रेडक्रसले नागरिकता वा परिचयपत्रका आधारमा यो सेवा सहजै लिन सकिने जानकारी गराएको छ।
डेन्टल चेकअप कार्यक्रममा समाज डेन्टलका चिकित्सकहरूले सहभागीहरूको दन्त परीक्षण गरे। परीक्षणपछि दन्त समस्याका सामान्य उपचारका साथै आवश्यक सुझाव प्रदान गरिएकाे थियाे ।
कार्यक्रमलाई मिथिला थिङ्स, आरएसके फुड्स, सन सेक्युरिटिज, समाज डेन्टल, २ पिएम नुडल्स, एनएमबी बैंक, ज्योति विकास बैंक, जाम पाउरोटी, अरबन मेज, एस क्याफे, रियल बस्ट, ग्लोबल टेलरिङ, लाभा लन्ज एण्ड बार, केटिएम क्रिएटिभ लिङ्क, प्रोसर, र आइडिया प्रेन्योर नेपालले प्रायोजन गरेका थिए।