८ माघ २०८१, मंगलबार

एमाले सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  21 January, 2025 10:44 am


काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

आज अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बस्नेछ ।

बैठकमा पछिल्ला समसामयिक राजनीति विषयवस्तुमाथि छलफल हुनेछ । साथै संसदको हिउँदे अधिवेशन, पार्टी प्रवेश गर्ने नेताहरुको बारेमा निर्णय लिइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !