८ माघ २०८१, मंगलबार

मधेस प्रदेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरू

प्रकाशित मिति :  21 January, 2025 12:41 pm


काठमाडाैँ । मधेस प्रदेश सरकारले स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरू गरेको छ ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मंगलवार जनकपुरधाममा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरू गरेको हो । छलफल कार्यक्रममा बोल्दै प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको कानून नबाझियोस् भनेर छलफल सुरू गरेको बताए।

उनले तीन तहको सरकारबीच समन्वय जरुरी रहेको बताए । उनले तीन तहको संरचनामा रहेका जनप्रतिनिधिबीच पनि समन्वय जरुरी रहेको उल्लेख गरे ।

मन्त्री लेखीले आफ्नो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नका लागि काम शुरु गरिसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !