८ माघ २०८१, मंगलबार

मकवानपुर र काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालनमा

प्रकाशित मिति :  21 January, 2025 1:46 pm


काठमाडौं । मकवानपुर र काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको सडक आजदेखि सञ्चालनमा आएको हो ।

थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग)र मातातीर्थ सडक सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार, ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !