बेलायतको अल्डरशटमा नेपाली सुनचाँदी शोरुम ‘सुम्निमा ज्वैलरी एण्ड कलेक्शन’ को उद्घाटन
काठमाडाैँ । बेलायतको अल्डरशटमा नेपाली सुनचाँदी शोरुम ‘सुम्निमा ज्वैलरी एण्ड कलेक्शन’ को उद्घाटन भएको छ। गायक श्याम सामसोहाङ राई र गायिका जानुका राईकाे लगानीमा उक्त शाेरुमकाे सुरूवात भएकाे हाे ।
शोरुमको उद्घाटन कार्यक्रममा नेपालीज ज्वैलरी एसोसिएसनका अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राई, आदिवासी जनजाती महासंघका अध्यक्ष, ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान र नायिका सिर्जना सुब्बाकाे उपस्थिति रहेकाे थियाे ।
अल्डरशट अहिले बेलायतका लागि नेपाली व्यवसायिक केन्द्रका रूपमा फैलिंदो गइरहेको छ। यहाँ नेपालीहरूले रेष्टुरेण्ट र किराना पसलदेखि सुनचाँदीका पसलहरु समेत सञ्चालन गर्दै आएका छन्।
गायक श्याम र गायिका जानुका राईले भने, “हामी नेपालीहरूले सुनचाँदीमा लगानी गर्न सुरू गरेका छौं र यो व्यवसायमा आकर्षित भएका छौं। हाम्रो पसलमा सुनचाँदीका गहना मात्र नभई नेपाली संस्कृतिका विभिन्न सामग्रीहरू पनि बिक्रीको लागि राखिएका छन्।”
सुम्निमा ज्वैलरी एण्ड कलेक्शनमा हस्तकलाका सामाग्री, नेपाली शान खुकरी, सबै जातजातीका पोशाक, साँस्कृतिक बाजा र अन्य शोभनिरका सामानहरू सस्तो मूल्यमा उपलब्ध छन्। ग्राहकहरू पसलमा आएर चयन गर्न सक्नेछन् र अनलाइनमार्फत विश्वभर डेलिभरीको व्यवस्था पनि गरिएको छ।
गायक श्यामका प्रसिद्ध गीत ‘रोए म साराङगीमा,’ ‘रेटिए’, ‘मैच्याङ हौ मैच्याङ हौ’ लगायतका गीतहरुले उनलाई लोकप्रिय बनाएका छन्।