८ माघ २०८१, मंगलबार

लेखा समितिद्धारा सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय उजुरी अध्ययन समिति गठन

प्रकाशित मिति :  21 January, 2025 3:21 pm


काठमाडाैँ । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले काँग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति क्रषिकेश पोखरेलले बताए । उनले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको बताए । उनले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताए ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको बताए । उनले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधवार बिहान ११ बजेका लागि बोलाउने बताए ।



प्रतिक्रिया दिनुहोस !