बिपन्नको अभिभावक बन्यो स्थानीय सरकार : छिल्लीकोटका विद्यार्थीले पाए न्यानो कपडा
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडानम्वर–१९ ले गणेश प्रावि तिनुखोला छिल्लीकोटका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
कार्यबाहक वडाध्यक्ष रामबहादुर पौडेलका अनुसार गणेश प्रावि तिनुखोलाका ४६ जना विद्यार्थीलाई वितरण गरिएको हो ।
कार्यवाहक वडाध्यक्ष पौडेलको अध्यक्षता एवम् प्रेस चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेलको प्रमुख आतिथ्यतामा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले शिक्षा क्षेत्रको लगानीले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । उनले वडा सरकारको न्यानो कपडा वितरण सह्राहनीय पक्ष रहेको बताए ।
वडा सदस्यहरु पूर्णबहादुर बुढाथोकी, तारा खड्का वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले दूर्गम स्थानमा रहेको विद्यालयमा न्यानो कपडा वितरणले विद्यार्थी आकर्षण बढेको बताए ।
न्यानो कपडा वितरण कार्यक्रममा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर पुन, विव्यस सदस्य टोपबहादुर विकलगायतका वक्ताले बोलेका थिए ।
वडा सदस्य रेवती विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गणेश प्रावि तिनुखोलाका प्रधानाध्यापक प्रेमबहादुर वलीले गरेका थिए ।