भीरकोट जेसीजको २०२५ का अध्यक्ष शिव खनालले लिए पद र गोपनीयताको शपथ
काठमाडाैँ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’, भन्ने मूल मर्मका साथ अगाडि बढेको भीरकोट जेसीजको सातौं पदस्थापना र पुरस्कार वितरण समारोह गत शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा वर्ष २०२५ का लागि अध्यक्षमा निर्वाचित भएका युवा व्यवसायी तथा समाजसेवी जेसी शिव प्रसाद खनालले वर्ष २०२४ का अध्यक्ष भरत खड्का बाट पद र गोपनीयताको शपथ लिएका हुन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले आफू पनि जेसीज अभियानबाट प्रशिक्षित भएको बताउँदै, युवाहरूलाई समाजसेवामा लाग्न जेसीज अभियानले प्रेरित गरिरहेको जनाइन्। उनले जेसीजले युवाहरूलाई स्वदेशमै बस्न सक्ने अवसरहरू बढाउनुपर्नेमा जोड दिइन्।
समारोहमा भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अन्य सहभागी अतिथिहरूले समाजमा सकारात्मक परिवर्तनका लागि जेसीजका सदस्यहरूले आफूलाई परिवर्तन गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने कुरा उठाए। त्यस्तै भीरकोट जेसीजको वर्ष २०२५ को उपाध्यक्षमा रिबन कुमार घिमिरे र जगदीश अर्याललाई निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्ष भुवन खत्री, सुभाष रेग्मी , सन्जय चापागाईं र उमेश अर्याल निर्वाचित भएका हुन् ।