खेल क्षेत्रमा उत्कृष्ठता हासिल गर्नेहरुका लागि अवसरको कमी छैन–मुख्यमन्त्री आचार्य
नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलक्षेत्रमा उत्कृष्ठता हासिल गर्नेहरुका लागि अवसरको कमी नभएको बताएका छन् ।
सुनवल नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको रमवापुर माध्यमिक विद्यालयमा बुधवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रमा उत्कृष्ठता हासिल गर्नेहरुलाई अवसरको कमी नरहेको बताएका हुन् ।
सरकारले खेल क्षेत्रको पूर्वाधार विकासदेखि विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने काममा प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका हुन् । ‘‘कुनै समय थियो खेल भनेपछि अभिभावक पनि टाढिने, घरबाट समेत अवसर नदिने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । समय फेरिएको छ । खेल क्षेत्रमा प्रसस्त अवसरहरु छन्’’, उनले भने, ‘‘सरकारले नै खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’’
सबै खेल विधालाई सरकारले समानरुपमा प्राथमिकतामा राखेर अघि बढाइरहेको समेत बताए । ‘‘देशको पहिचान र चिनारी खेल क्षेत्रले दिएको छ । विश्वजगतमा नेपालको नाम अव खेलकुदबाट चिनिन थालेको छ । यो सुखद विषय हो’’, उनले भने, ‘‘राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा चर्चा हुन थालेको छ ।’’
तीन तहका सरकारले खेल क्षेत्रको समान विकास गर्न प्राथमिकताका साथ काम गरिरहेको भनाइ उहाँको छ । खेलको माध्यमबाट पर्यटकहरु भित्र्याउन सकिने र त्यसले आर्थिक विकासमा समेत योगदान गर्ने बताए ।
विद्यालय तहबाटै खेलाडी उत्पादनका लागि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष सालिकराम साप्कोटाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेतलगायतको उपस्थिति थियो ।