दोस्रो हिन्दू संस्कृति पुनर्स्थापना दिवस मनाइयो
काठमाडौँ। श्री रिद्धि सिद्धि सेवा ट्रस्टको आयोजनामा दोस्रो ‘हिन्दु संस्कृति पुनर्स्थापना दिवस’ मनाइएको छ । बुधवार श्री रिद्धि सिद्धि ज्वेलर्स र गंगा क्लव मरु प्याफलको सहयोगमा ट्रष्टले काठमाडौँ दरबार क्षेत्रस्थित महादेव पार्वती डबलीमा दीप प्रज्वलन कार्यक्रम गरेर दिवस मनाएको हो ।
एकआपसमा मैत्री, भाइचारा, शान्ति र सद्भावको सन्देश सम्प्रेषण गर्ने र संस्कृतिको पुनर्जागरण तथा उत्थानमा सम्पूर्ण नेपालीको सहभागिता बढाउन दिवसलाई निरन्तरता दिइएको श्री रिद्धि सिद्धी ज्वेलर्सका अध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए ।
गत वर्ष माघ ८ गते (२२ जनवरी २०२४) मा भारतको अयोध्यामा राम मन्दिरको स्थापना भएको दिनलाई साक्षी राख्दै हिन्दु संस्कृति माथि प्रेम र सदभाब राख्नेहरुलाई अभिप्रेरित गर्दै पहिलो दिवस मनाइएको थियो भने यो वर्ष पनि निरन्तरता दिइएको हो ।
दिवसले युवामा करुणा र मैत्रीको भावनाको विकास हुने ट्रस्टका प्रतिनिधि अभिलाष आचार्यले बताए।