प्रतिगमनकारी शक्तिहरू फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छन्ः उपेन्द्र यादव
प्रकाशित मिति : 23 January, 2025 5:59 pm
काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महशुस हुन थालेको बताएका छन् ।
बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकता, संघर्ष र रुपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने बताएका हुन् । उनले अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता रहेको उल्लेख गरे।
एकतासँगै परिवर्तनबिरोधी तागतको बिरुद्ध संघर्षको आवश्यकता रहेको बताए । राजनीतिक प्रणालीमा समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता रहेको बताए । अध्यक्ष यादवले मधेसवादी दलहरु फुट्दा प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताए ।