१० माघ २०८१, बिहिबार

संविधानपछि बन्नुपर्ने कानूनहरू बनाउन ढिलो भयो, समितिहरूमा गुणात्मक उपस्थिति बढाऔँः महामन्त्री शर्मा

प्रकाशित मिति :  23 January, 2025 6:18 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताउँदै संसदीय समितिहरूले गुणत्मक रुपमा काम गर्नुपर्ने बताएका छन् ।

बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलाई भइरहेको बताएका हुन् । उनले बन्न बाँकी कानूनहरु बनाउन संसदीय समितिहरुले उपसमिति गठन गरेर कानूनी अभ्यास गर्न जरुरी रहेको बताए ।

उनले समितिमा सांसदहरुको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न सुझाव दिए । उनले संघीय निजामति विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राखे । उनले मुस्कानसहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताए ।

संसदीय समितिहरू कोरम पु¥याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !