५ आश्विन २०८१, शनिबार

बाँकेबाट सल्यान जाँदै गरेको गाडि दुर्घटना, ११ जनाको मृत्यु,२२ जना घाईते

प्रकाशित मिति :  1 June, 2020 6:47 am


फोटोः समाजिक सञ्जालबाट

बाँके, १९ जेठ । 

बाँकेमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बाँकेबाट सल्यान यात्रु लिएर जाँदै गरेको पोर्स दुर्घटना हुँदा ११ जनाको घटना स्थलमै मृत्यु भएको २२ जना घाइते भएको प्रदेश-५ का प्रहरी प्रवक्ता एसएसपी राजकुमार वैद्यवारले लुम्बिनी सञ्चारलाई जानकारी दिए ।

राति सवा १२ बजेतिर राप्तीसोनारी गाँउपालिका-२ को अगैयादेखि १६ किलोमिटर पश्चिम जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको बसमा ३३ जना यात्रु बोकेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडि ठोक्किए दुर्घटना भएको एसएसपी वैद्यवारको भनाई छ ।

प्रवक्ता बैद्यवारले मृतकको पहिचान खुलिनसकेको बताए । उनले भने,‘ रातिको दुर्घटना हो, अब विहान भयो आफन्तहरु जाँदै हुनुहुन्छ र पहिचान गर्नेक्रम सुरु भएको छ ।’

दुर्घटना पर्ने यात्रुहरु दाङ, सल्यान र रोल्पाको भएको खुलेको छ । घाइतेहरुमा १० जना सल्यान, ६ जना दाङ, ५ जना रोल्पाका रहेका छन् । उनीहरुको अहिले जिल्ला मात्रै खुलेपनि ठाउँ नखुलेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १० पुरुष र १ महिला रहेका छन् । मृतकको पहिचान हुँन बाँकी छ । घाइते २१ पुरुष र १ महिलाको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ । अस्पतालका अनुसार घाइते ४ जनाको अवस्था गम्भीर छ । गाडी भारतबाट आएका मानिसहरु लिएर फर्कदै थियो ।



प्रतिक्रिया दिनुहोस !