११ माघ २०८१, शुक्रबार

पूर्व प्रधानमन्त्री दाहालद्वारा चखौरा थारु संग्रहालयको अवलोकन

प्रकाशित मिति :  24 January, 2025 3:39 pm


दाङ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दंगीशरण ३ चखौरामा रहेको ऐतिहासिक थारु संग्राहलयको अवलोकन गरेका छन् ।

शुक्रबार उनले थारुहरुको अध्ययन तथा अनुसन्धान थलोको रुपमा रहेको थारु संग्रालयको अवलोकन गरेका हुन् । थारु संग्राहलयको अवलोकन गदै पूर्व प्रधानमन्त्री दाहालले दक्षिण एशीयाकै राम्रो र महत्वपूर्ण संग्रालय रहेको बताए ।

उनले संग्राहलयले पर्यटन प्रवर्द्धन, थारु संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए । दाङमा स्थापना भएको ऐतिहासिक थारु संग्रालय बन्नु राम्रो र लुम्बिनीकै लागि महत्वपूर्ण पर्यटकीय गन्तब्य रहेको बताए ।

पूर्व प्रधानमन्त्री दाहालले सामुदायिक क्षेत्रको पहलमा यति व्यवस्थित र ठूलो संग्रहालय स्थापना र सञ्चालन हुनु देशले गौरव गर्न लायक रहेको बताए । विभिन्न जातजातिहरुको इतिहास देखिने गरी यी र यस्तै संग्रहालयहरु स्थापना भएमा इतिहास जीवित रहने उनको भनाइ थियो ।

संग्राहलयहरुले इतिहास मात्रै जीवित नराख्ने भन्दै पर्यटकीय गन्तब्य निर्माण गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उल्लेख गरे । थारु संग्राहलयले पनि यो काम गरेको उनको भनाइ थियो । उनले संग्राहलयको महत्व र स्थानीय भूमिका र सरकारको सहभागिताको विषयमा समेत जिज्ञासा राखेका थिए ।

संग्रहालयको महत्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए । चौधरीले थारुहरुको इतिहास जिवन्त राख्न संग्राहलयको परिकल्पना गरिएको बताए ।

संग्रहालयको अवलोकनपछि पूर्व मन्त्री रेखा शर्माले थारुको इतिहास र संस्कृति, चालचलन, रहनशहन रितिरिवाज दर्साएको बताइन् । उनले अझै यसलाई विस्तार र विकास गर्न आवश्यक रहेको बताइन् । शर्माले संग्राहलाई वाह्य पर्यटन प्रवर्द्धनसँग जोड्न जरुरी रहेको बताइन् । उनले लुम्विनी र बर्दियामा आउने विदेशी पर्यटकलाई पनि यहाँ सम्म ल्याउन सकियो भने यहाँको ऐतिहासिक धरोहरको थप प्रचार प्रसार हुने बताइन् ।

डा तोसिमा कार्कीले थारु सास्कृति संग्रहालय परम्पारगत कुराहरु रहेको बताइन् । उनले जीवन कला संग्रहालयमा देखिएको बताइन् । यसलाई वल्डवाइट बनाउनु पर्ने बताइन् । उनले जुनसुकै समुदायको व्यक्तिहहरु पनि एक पटक थारु संग्रहालयमा आउन आग्रह गरिन् ।

यहाँ संस्कृति छ, इतिहास छ, कला छ, यहाँ हाम्रो कथा छ, यहा दैनिकी जिवन छ , तसर्थ पनि एक पटक सबै आएर हेनुपर्ने थलो थारु संग्रहाल हो जस्तो लाग्यो उनले भनिन् । यसलाई राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत भएर अगाडी बढ्नु पर्छ, वल्ड हेरिटेजमा पनि सुचीकृत गर्नु पर्ने बताइन् ।

उनले आन्तरिक र बाह्य पर्टकहरुको गन्तब्य बन्नुपर्ने बताइन् । संघीय सदनका शिक्षा समिति सभापति अमर बहादुर थापाले थारु संग्राहलयमा थारुको इतिहास देखेको बताए ।

पहिचान र इतिहास देखाएको र संरक्षण भएको बताए । उनले इतिहासलाई संक्षण गर्नु राज्यको दायित्व भए पनि यहाँ समुदायले गरेको उल्लेख गरे । पछिल्लो समय थारु संग्राहलयमा राजनीतिक व्यक्तिहरुको अध्ययन र अनुगमनको थलो बनेको छ ।



प्रतिक्रिया दिनुहोस !